टिपरले बाटोमाथिको तार छुँदा करेन्ट लागेर सहचालकको गयो ज्यान


१३ असार २०७८, आईतवार
current

दाङ, १३ असार । गुडिरहेको टिपरले सडकमाथिको विजुलीको तार छुँदा दाङको देउखुरीमा करेन्ट लागेर गाडीका सहचालकको ज्यान गएको छ ।

करेन्ट लागेर राप्ती गाउँपालिका–१ का २५ वर्षका सागर सोमई मगरको ज्यान गएको हो । गढवा गाउँपालिका–१ जुरौनी जाँदै गर्दा प्रदेश २–०३००१ ख ३१६१ नम्बरको टिपरले बाटोमाथि झुण्डिएको तार छुँदा टिपरका सहचालक मगरलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७