महान्यायाधिवक्ताले भने, ‘सभामुखका वकिललाई एक घण्टा भन्दा बढी समय दिंदैनौं’


१३ असार २०७८, आईतवार
Ramesh Badal mahanyadhibakta 8sWoBdeByI

काठमाडौं, १३ असार । संसद् विघटनको मुद्दाका विपक्षीबीच समयको विषयमा कुरा मिल्न सकेको छैन । इजलासले विपक्षीलाई १५ घण्टा समय दिए पनि सभामुखका कानुन व्यवसायी र महान्यायाधिवक्ता रमेश बडालबीच सहमति हुन नसकेको हो ।

महान्यायाधिवक्ताले एक घण्टा मात्रै दिने बताएका छन् । सभामुख पक्षले भने पौने ४ घण्टा समय पाउनु पर्ने माग गरेको थियो । रिट निवेदकको बहस सकिए लगत्तै यो विषय महान्यायाधिवक्ता बडालले इजलासमा उठाएका छन् ।

बडालले सभामुखको माग पनि रिट निवेदन जारी गरिपाऊँ भन्ने नै रहेकाले रिट खारेज गरिपाऊँ भन्ने पक्षमात्रै विपक्षी भएको बताए । शेरबहादुर देउवासहित १४६ जना सांसदले अदालतबाट रिट जारी गरिपाऊँ भनेर माग गरेका छन् । सभामुख सापकोटाको पनि त्यही माग छ ।

महान्यायाधिवक्ता बडालले एक घण्टा मात्रै समय दिने बताएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने, ‘ल ठीक छ तपाईंहरु १४ घण्टा बहस गर्नुस्, उहाँहरुलाई थप समय आवश्यक पर्‍यो भने हामी थपौंला ।’ महान्यायाधिवक्ताको तर्फबाट सोमबारदेखि बहस शुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७