थप ३,००७ जनाले जिते कोरोना, १,९२० नयाँ थपिए, ३४ जनाको मृत्यु


१३ असार २०७८, आईतवार
korona

काठमाडौं, १३ असार । नेपालमा पछिल्लो पछिल्लो २४ घण्टामा थप ३,००७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,००० जनामा गरिएको पीसीआर परीक्षणमा १,३५३ र ३,८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १,९२० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७