एम फिल र पीएचडीको पढाई निःशुल्क गर्न माग गर्दै विद्यार्थीकाे प्रदर्शन {भिडियाे}


१३ असार २०७८, आईतवार
student 1

काठमाडौं, १३ असार । त्रिभुवन विश्वविद्यालयमा एम फिल र विद्यावारिधी (पीएचडी) को पढाई निःशुल्क गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन उपकुलपतिको कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।

त्रि. वि. विद्यार्थी संघर्ष समितिले आइतबार कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा राज्यको लगानीमा उच्च शिक्षा सुनिश्चित हुनुपर्ने माग राख्दै उपकुलपति कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । उनीहरुले एफ फिल र पीएचडीको पढाईलाई वैज्ञानिक र नियमित बनाउन समेत माग पनि गरेका छन् ।
ग्र्याजुयट स्कुल अफ सोसल साइन्सको पनि माग राख्दै प्रदर्शन गरिएको बिद्यार्थीहरुले जनाएका छन् । प्रदर्शनमा उत्रेका बिद्यार्थीहरुले नीजि शैक्षिक संस्थामा जाने अवस्था नबनाउन र बिश्वबिद्यालयलाई राजनीतिको अखडा नवनाउन माग गरेका छन् ।

प्रदर्शनमा माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने त्रिवि विद्यार्थी संघर्ष समितिले जनाएको छ । संघर्ष दाहाल, रमेश विष्ट, मनिषा कार्की, समीर गौतम लगायत विद्यार्थी अभियन्ताहरूको अग्रसरतामा अघिल्लो सातादेखि एमफिल पिएचडी निःशुल्क हुनुपर्ने मागसहित आन्दोलन सुरु गरिएको थियो ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७