संकटग्रस्त हेलम्बु र मेलम्चीवासीको निशुल्क उपचारमा प्रहरी अस्पतालका चिकित्सक


१४ असार २०७८, सोमबार
Nepal polce hospital

काठमाडौं, १३ असार : नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मीहरु संकटग्रस्त हेलम्बु र मेलम्चीवासीको निशुल्क उपचारमा जुटेका छन् । असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पिडित स्थानीयबासीहरुको उपचारको लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो ।

प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा.सञ्जय बिक्रम श्रेष्ठको नेतृत्वमा ११ जना चिकित्सकहरु बाढी प्रभावित क्षेत्र पुगेका हुन् । मेलम्ची र हेलम्बु गाउँपालिका-६, स्थित इचोक स्वास्थ चौकी र वडा नम्बर–४ स्थित चिलाउनेघारी आधारभुत स्वास्थ्य सेवा केन्द्र, चिलाउनेघारीमा दुई दिने शिबिर सञ्चालन गरिएको प्रहरी अस्पतालका प्रवक्ता समेत रहेका एसएसपी डा. श्रेष्ठले बताए ।

विहिबार हेलम्बु गाउँपालिका-४, चिलाउनेघारीमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिबिरमा १ सय ७९ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । शिबिरमा १ सय ७० जनालाई विभिन्न रोगको औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड, १२ जनाको ‘माइनर’ शल्यक्रिया र १५ जनालाई डे«सिङ्ग गरिएको छ ।

Dr Sanjya Bikram Shrestha
उपचारमा टोली प्रमुख तथा एसएसपी डा. सञ्जय बिक्रम श्रेष्ठ

हेलम्बु गाउँपालिका– ६ स्थित इचोक आधारभुत स्वास्थ्य सेवा केन्द्र, इचोकको शिबरमा १ सय ६२ जनाको निशुल्क उपचार गरिएको छ । इचोकमा १ सय ६० जनालाई औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड, ९ जनाको ‘माइनर’ शल्यक्रिया गरिएको छ ।

यसैगरी शुक्रबार मेलम्ची स्वास्थ्य केन्द्र सञ्चालन गरिएको शिबिरमा १ सय ६६ जनाको निशुल्क उपचार गरिएको छ । मेलम्ची स्वास्थ केन्द्रबाट १ सय ५६ जनालाई औषधी वितरण गरिएको छ भने ४१ जनाको अल्ट्रासाउन्ड गरिएको छ । १० जनाको ‘माइनर’ शल्यक्रिया र १५ जनालाई डे«सिङ्ग गरिएको छ ।

नेपाल प्रहरीको अस्पतालको टोलीमा एसएसपी डा.श्रेष्ठ सहित, एसपी डा.आशिष दत्त(सर्जन), डिएसपी निर्मल घिमिरे (फिजिसिएन), डिएसपी सुबास थापा (आन्तरिक औषधी) डिएसपी रोजीना मानन्धर (रेडियोलोजिस्ट), डिएसपी मुत्ती घिमिरे ( स्त्री रोग विशेषज्ञ) छन् । यसैगरी डिएसपी भवानी गुरुङ ( बाल रोग विशेषज्ञ), डिएसपी शंकर थापा (दन्त रोग विशेषज्ञ), डिएसपी प्रभाकर श्रेष्ठ (अर्थोपेडिक सर्जन), इन्सपेक्टर डा. प्रबिना मास्के, डा. एलिना श्रेष्ठ टोलीमा संग्लन छन् ।

मनसुन शुरु भएको पहिलो हप्तामै सिन्धुपल्चोकको मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका प्रभावित बनेको छ । संकटमा परेका सर्वसाधरणहरुको उपचारमा यस अघि पनि प्रहरी अस्पतालका चिकित्सकहरु सक्रिय उल्लेख गर्दे एसएसपी डा.श्रेष्ठले यसपाली पनि निरन्तरता दिइएको बताए । उनले भने, ‘संकटमा परेका नागरिकहरुको सारथी र सहयोगी बन्न पाएकोमा हामी खुशी छौं । अप्ठ्यारो र संकटमा परेकाहरुको सेवा गर्नु हाम्रो दायित्व पनि हो ।’

हेर्नुहोस् फोटो फिचर :

Nepal Police Hospital team
SSP
Sanjaya
Prabina Maskey
Helath camp
DSP
DSP Nepal
DSP Gimire
DSP 2
Dental

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७