पोर्चुगलविरुद्ध बेल्जियम विजयी, टुंगियो रोनाल्डोको यात्रा


१४ असार २०७८, सोमबार
Belgiumm1624827800

काठमाडौं, १४ असार । पोर्चुगलविरुद्ध १–० को जित निकाल्दै बेल्जियमले युरोकप फुटबलको क्वाटर फाइनल यात्रा गरेको छ । सेभियामा बेल्जियमबाट ४२ औं मिनेटमा थोर्गान हाजार्डले निर्णायक गोल गरे । उनले पहिलो हाफको अन्त्यमा लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा फर्नान्डो सान्तोषले टोलीलाई आक्रामक बनाएका थिए । उनले ब्रुनो फर्नान्डेस र जाआ फेलिक्स दुबैलाई मैदान उतारे । तर, अधिकांश समय बल नियन्त्रणमा राखेर निरन्तर आक्रमणहरु बुने पनि पोर्चुगलले गोल गर्न सकेन । दोस्रो हाफमा पोर्चुगलले धेरै अवसर पाए पनि जित भने निकाल्न सकेन ।

बेल्जियमले अब क्वाटर फाइलनमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । युरोकप फुटबलमा यो संस्करणमा बेल्जियम हालसम्म अपराजित छ । बेल्जियम अन्तिम आठमा पुग्ने चौथो टोली हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७