बंगलालेशमा बम बिस्फोट, सातको मृत्यु, ५० बढी घाइते


१४ असार २०७८, सोमबार
bagaladesh

काठमाडौं, १४ असार । बंगलालेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् । बंगलादेशको राजधानी ढाकाको मोघबजार क्षेत्रमा रहेको एक भवनको रेष्टुराँमा बिस्फोट भएको बताइएको छ ।

बिस्फोटका कारण अन्य सातवटा घरहरुमा क्षति पुगेको छ भने केही सवारीसाधन पनि ध्वस्त भएका छन् । बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७