नेदरल्याण्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लिक युरोकप फुटबलको क्वार्टर फाइनलमा


१४ असार २०७८, सोमबार
n

काठमाडौं, १४ असार । चेक रिपब्लिक नेदरल्याण्ड्सलाई हराउँदै युरोकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । हङ्गेरीमा गए राति भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई २–० गोलले पराजित गरेको हो । चेक रिपब्लिकका टोमस होल्स र प्याट्रिक सिकले एक-एक गोल गरे ।

खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्याण्डस् १० खेलाडीमा समेटिएको थियो । चेक रिपब्लिकका टोमसले खेलको ६८ औं मिनेटमा र सिकले ८० औं मिनेटमा गोल गरे । क्वार्टर फाइनलमा चेक रिपब्लिकले डेनमार्कसँग खेल्ने छ । डेनमार्क वेल्सलाई हराएर क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७