शिक्षामन्त्री श्रेष्ठले चार अपराध गरेको खगेन्द्र संग्रौलाको आरोप


१४ असार २०७८, सोमबार
22ec6d08f9267b1b5af17a11a94446e6 w1000 h500 cp

काठमाडौं, १४ असार । बृहत् नागरिक आन्दोलनका अगुवा समेत रहेका लेखक खगेन्द्र संग्रौलाले छुवाछुतका अभियुक्त छुटाउने क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले ४ अपराध गरेको आरोप लगाएका छन् ।

यस कारण उनलाई कम्तीमा ४ वर्षको कैद सजायका लागि मुद्दा हाल्नु पर्ने लेखक संग्रौलाले माग समेत गरेका छन् ।
उनी भन्छन् : यी हुन्, कृष्णगोपाल श्रेष्ठका ४ अपराध :

१. मन्त्री भएरर न्यायिक प्रक्रियामा ठाडो हस्तक्षेप ।
२. जातभेदी नारीलाई हिरासतबाट मुक्त ।
३. छुवाछूतकारी नारीलाई झण्डावाल गाडीमा सवार ।
४. राज्य संरक्षित जातभेदको मतियारी ।

उनी अगाडि भन्छन्, ‘यी श्रीकृष्णलाई कम्तीमा ४ वर्ष कारावासको सजाय होस् भनी मुद्दा हाल्ने छैन क्वै माइकलाल ?’
इमेज टेलिभिजनमा ‘उकाली–ओराली’ कार्यक्रम सञ्चालन गर्ने रुपा सुनारलाई यही असार १ गते काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानले भाडामा कोठा दिने पक्कापक्की गरिसकेर अन्त्यमा रूपा सुनारको जात थाहा पाएपछि बहिष्कार गरेकी थिइन् ।

यसविरुद्ध सुनारले महानगरीय प्रहरी वृत्त (सिंहदरबार) मा उजुरी दिएपछि घरबेटी प्रधानलाई प्रहरीले पक्राउ पनि गरेको थियो । तर स्वयं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ प्रहरी वृत्त पुगेर उनलाई थुनामुक्त गराई सरकारकै झन्डावाल गाडीमा चढाई घर पुर्‍याई दिएका थिए । यसरी उनले घटना अनुसन्धान भइरहेकै बेला अभियुक्त रिहा गरेर जातीवादको पक्षपोषण गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ । राजीनामा माग्दै ठाउँठाउँमा उनको पुत्ला समेत जलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७