किम अचानक दुब्लाएपछि उत्तर कोरियाली नागरिकहरु चिन्तामा


१४ असार २०७८, सोमबार
32d06e168e04279477a38dc370b94f84 w1000 h500 cp

काठमाडौं, १४ असार । उत्तर कोरियाली नेता किम जोङ उन अचानक दुब्लाएपछि त्यहाँका नागरिकहरु चिन्तामा परेका छन् । पछिल्लो समय सार्वजनिक भएको भिडिओमा किम दुब्लाएको देखिएपछि त्यहाँका नागरिक उनमा स्वास्थ्य समस्या भएको आशंका गर्दै चिन्तामा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

abbc4b89 147d 4ec5 ad4e d86984d322a8 1374cc7b

३७ वर्षका किम एक महिना सार्वजनिक समारोहमा अनुपस्थित थिए । एक महिनापछि सार्वजनिक कार्यक्रममा देखिँदा उनको शरीरमा अचानक बदलाव देखिएको हो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केआरटीका अनुसार उत्तर कोरियाका नागरिकहरु किमको दुब्लोपनपछि स्वास्थ्य चिन्तामा परेका हुन् ।

6244f7763c4642788f9dd51131a8b4ad 6244f7763c4642788f9dd51131a8b4ad 03cb6743a9ac46b1bbed5826a4663000

केआरटीले किम कसरी दुब्लाए भनेर केही खुलाएको छैन । किम मोटोपनका कारण बिरामी पर्दै आएका थिए । गत वर्ष त किमको हृदयघातका कारण निधन नै भएको हल्ला चलेको थियो । यसबीचमा किमले स्वस्थ रहन वजन घटाएको पनि चर्चा चलिरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७