मन्त्रीले माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रद्वारा प्रदेशसभा बैठक अवरुद्ध


१४ असार २०७८, सोमबार
1 Photo Sadan aabarod 20210628082252

विराटनगर, १४ असार । प्रदेश–१ को प्रदेशसभा बैठक आज (सोमबार) नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ । प्रदेश–१ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा उपस्थित भएर माफी माग्नु पर्ने भन्दै माओवादीले सदन अवरोध गरेको हो ।

बजेटका विषयमा सदनमा उठेको जवाफ दिने क्रममा आइतबार भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले माओवादी केन्द्रका सांसद मोहन खड्कालाई ‘तपाई भिजन भएको नेता होइन’ भन्दै गाली गरेका थिए ।

मन्त्रीले आत्मालोचनासहित माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रका सांसदले उभिएर सदन अवरुद्ध गरेका हुन् । सदन चल्न नदिएपछि सभामुख प्रदिपकुमार भण्डारीले माओवादीलाई बोल्ने समय दिएका थिए । सो क्रममा नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता रामकुमार राईले सदनको रेकर्डबाट मन्त्रीको अभिव्यक्ति हटाउन पनि माग गरेका छन् ।

उनले मन्त्रीले माफि नमागे सम्म सदन चल्न नदिने बताए । माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक मंगलबार सम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७