नेपालमै रेम्डिसिभिर उत्पादन शुरु, प्रतिभाइल मूल्य ३५ सय


१४ असार २०७८, सोमबार
remdesivir home

काठमाडौं, १४ असार । कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर नेपालमै उत्पादन शुरु भएको छ । नेपालमै उत्पादनका लागि अनुमति पाएको नेशनल हेल्थकेयर वीरगञ्जले उत्पादन शुरु गरेको हो ।

औषधि व्यवस्था विभागबाट ०७८ वैशाख ३१ गते उत्पादन अनुमति पाएको नेशनलले असार १३ गतेदेखि बजार अनुमति पाएको जनाएको छ । नेशनलले उत्पादन गरेको रेम्डिसिभिरको ब्राण्ड नाम रेम्सिभिर दिइएको छ । यसको अधिकतम खुद्रा मूल्य ३ हजार ५०० प्रतिभाइल रहेको जनाइएको छ ।

रेम्सिभिरको बजार व्यवस्थापन ओटिभा डिभिजनका वितरकहरुले गर्ने उत्पादक नेशनल हेल्थकेयरले जनाएको छ । यसअघि उक्त औषधि सरकारले बंगलादेशबाट ल्याई चार हजार नौ सय रुपैयाँ प्रतिभाइल बिक्री गर्दै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७