संसद विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले ७७ जिल्लामै सडक प्रदर्शन गर्ने


१४ असार २०७८, सोमबार
bipaxi student

काठमाडौं, १४ असार । संसद विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले ७७ वटै जिल्लामा सडक प्रदर्शन गर्ने भएका छन् । सोमबार बिहान बसेको नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौंलगायत पाँच विद्यार्थी संगठनका नेताहरुको बैठकले संसद विघटनविरुद्ध काठमाडौंलगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने गर्ने निर्णय गरेको हो ।

बैठकले संसद विघटनविरुद्ध सामुहिक प्रतिवाद गर्ने निर्णय गरेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । स्वतन्त्र अदालतको निर्णयमा हस्तक्षेप नगर्न पाँच विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण स्वरुप दबाब दिएका हुन् । संवैधानिक व्यवस्थाअनुसार अदालतले संसद पुनर्स्थापना गर्नेमा समेत ती संगठनहरुले विश्वास व्यक्त गरेका छन् ।

यस्तै विश्वविद्यालयमा देखिएका परीक्षालगायत शैक्षिक समस्याहरूका बारेका छलफल गर्न ज्ञापनपत्रसहित उपकुलपति समक्ष संयुक्त डेलिकेसन जाने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लकडाउन अवधिको शूल्क विद्यार्थीलाई अबिलम्ब फिर्ता गर्न माग गर्दै शूल्क फिर्ता नगरिएमा निजी शैक्षिक संस्थाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

विज्ञप्तिमा मन्त्री जस्तो पदको मर्यादा समेत ख्याल नगरी शिक्षामन्त्रीले संविधान र कानूनलाई चुनौति दिने गरी गरेको हर्कतको तिब्र विरोध गर्दै ती संगठनले दलित आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएका छन् ।
हेर्नुस् विज्ञप्ती

student PRGzvQZCPV

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७