प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले पदीय मर्यादा र गरिमा राख्न सकेन् : शेरबहादुर देउवा {भिडियाे}


१५ असार २०७८, मंगलवार
sherbahadur deuwa president nepali congress

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले पदीय मर्यादा र गरिमा राख्न नसकेको आरोप लगाएका छनन् । सोमबार काठमाडौंमा नागरिक अगुवाहरुसंग बिपक्षी गठबन्धनले गरेको अन्तक्र्रियामा सभापति देउवाले संविधान र राष्ट्रको हित बिपरित काम गरेर प्रधानमन्त्री र राष्ट्रपतिले गरिमा राख्न नसकेको आरोप लगााएको हो ।

संविधानको ७६ को उपधारा ५ ले कुनै पनि संसदको सदस्यले बहुमतका आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था रहेकाले त्यसका आधारमा दावी प्रस्तुत गरेपनि उल्टै प्रतिनिधिसभा बिघटन गरिएको उनले बताए । ‘राष्ट्रपति स्वयम्‌ले पनि संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउनु भनेर आह्वान गरेको हो। त्यस अनुसार जाँदा पनि स्वीकारिएन। हामीले पनि राष्ट्रपतिको आह्वान अनुसार नै गएका थियौं’, उनले भने, ‘बहुमत प्राप्त नेतालाई नमानेर एकै पटक ओलीको पक्षमा उनको कार्यकर्ता जस्तो बनेर निर्णय गर्ने काम भयो।’ उनले प्रधानमन्त्री ओली र राष्ट्रपति मिलेर संविधानका प्रावधानलाई धुजाधुजा बनाएको आरोप समेत लगाए ।

उनले गठबन्धनको पहिलो प्राथमिकता कोभिड – १९ नियन्त्रण र रोकथाम रहेको पनि उल्लेख गरे । ‘कोभिड १९ विरूद्धको खोप जसरी पनि उपलब्ध गराउँछौं। हाम्रो सरकार बनेपछिको पहिलो निर्णयनै त्यहीँ हुन्छ’, उनले भने,‘केपी ओलीले मुलुकमा उखान टुक्काको भरमा शासन गर्न खोजे। त्यसकै भरमा तानासाही बन्न खोजिरहेका छन्।’

देउवाले सुनुवाइ समितिबाट सुनुवाइ नभए आफैं अनुमोदन हुने व्यवस्था हटाएर भए पनि भएका सबै निर्णयहरू खारेज गर्ने बताए।

‘संसदीय सुनुवाइ नभए स्वतः अनुमोदन हुने व्यवस्था हटाएर भए पनि अहिले भएका सबै संवैधानिक अंगका नियुक्ति खारेज हुन्छ’, देउवाले भने,‘सुनुवाइ हुन नसकेमा सबै नियुक्तिहरू स्वतः खारेज हुन्छ भन्ने व्यवस्था राखेर भए पनि अहिलेसम्म भएका सबै निर्णय खारेज गर्छौं।’

सभापति देउवाले अदालत स्वतन्त्र रहेको र कसैको दबाबमा नपरी निर्णय गर्ने दावी गरे ।

भिडियाे

https://youtu.be/JuEVTOpb76w

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७