तीन पटकको च्याम्पियन स्पेन युरोकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश


१५ असार २०७८, मंगलवार
spain ikFGjvCAHk

काठमाडौं, १५ असार । स्पेन युरोकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । गए राति कोपनहेगनमा भएको खेलमा तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक / एक गोल गरे ।

क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक÷एक गोल गरे । क्रोएसियाले अर्को गोल भने स्पेनबाट आत्मघाती उपहार पाएको थियो । खेलको २० औं मिनेटमा पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए ।

निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा स्पेनले दुई गोल गर्‍यो । योसँगै स्पेन क्वार्टर फाइनलमा पुगेको छ भने क्रोएसिया अन्तिम १६ बाट बाहिरिएको छ । अब स्पेनले अन्तिम आठमा स्विट्जरल्यान्डसँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७