यी १३ विधि अपनाउनुहोस् क्यान्सरबाट बच्न


२६ आश्विन २०७४, बिहीबार
Lung Cancer BQI73ylKVK

एजेन्सी, विश्व क्यान्सर अनुसन्धान कोषले क्यान्सरबाट जोगिन सन्तुलित आहार सम्बन्धी सुझाव दिएको छ । जसको अनुसरण गरेमा ३० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिन्छ । खानामा मन पर्ने एक वा केही पदार्थको छनौटभन्दा पनि विभिन्न खाद्यपदार्थ मिलाएर खानेतर्फ ध्यान पुर्याउनुपर्छ । सन्तुलित खाना र सक्रिय जीवनशैलीद्वारा ३० देखि ७० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिन्छ ।

cancer cell

१, वनस्पति स्रोतमा आधारित खाना-ताजा हरियो सागपात, फलफुल र गेडागुडी खाने ।

२, मोटोपन घटाउन सन्तुलित खाना र शारीरिक क्रियाकलाप महत्वपूर्ण हुने हुँदा खाना र व्यायाममा ध्यान दिने ।

३, व्यवसाय वा काम शाररिक परिश्रम गर्ने नभए कम्तिमा १ घण्टा दैनिक पैदल हिँड्ने र हप्तामा एक पटक थाक्ने खालको व्यायाम गर्ने ।

४, दिनमा कमसेकम ४ सयदेखि ८ सय ग्राम वा सम्पूर्ण खानाको आधा वा आधाभन्दा बढी तरकारी र फलफूल नियमित खाने ।

५, दिनमा कमसेकम ६ सयदेखि ८ सय ग्राम अन्न खाने र चिनी कम खाने ।

६, मद्यपान स्वास्थ्यका लागि हानिकारक भएको हुनाले मद्यपान नगर्ने तर मद्यपान गर्नुपर्ने परिस्थिति भएमा पुरुषहरुले दैनिक अधिकतम दुई पेग र महिलाहरुले दैनिक एक पेगभन्दा बढी नखाने ।

७, नियमित मासु खाने व्यक्तिले दैनिक ८० ग्रामभन्दा बढी नखाने र बोसो भएको मासु नखाने ।

८, घ्यु बोसो धेरै मात्रामा उपभोग नगर्ने र चिल्लो पदार्थका लागि वनस्पति तेलको प्रयोग गर्ने ।

९, सबै प्रकारका खानामा नुनको मात्रा कम गर्ने र नुन थपेर नखाने ।

१०, लामो समयदेखि उचित भण्डार नगरेमा वा राम्ररी सुकाएर राखेमा ढुसी पर्ने सम्भावना रहने हुँदा ढुसी परेका खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यस्तो खाना नखाने ।

११, आगोमा डढाएको खानेकुरा जस्तो कि सेकुवा, पोलेको मासु, डढेको कुनै खाद्यपदार्थ आदि नखाने ।

१२, खाना भण्डार गर्दा, बनाउँदा वा अन्य अवस्थामा प्रयोग गरिने रासायनिक पदार्थ, औषधी, रंगको जथाभावी प्रयोग नगर्ने र उचित तापक्रम र स्थानमा मात्र खाद्यपदार्थ भण्डार गर्ने ।

१३, सूर्तीजन्य पदार्थको सेवनबाट कहिल्यै स्वस्थ जीवन प्राप्त हुन नसक्ने हुँदा यसबाट टाढा रहने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७