उपत्यकामा आजदेखि सार्वजनिक गाडी सञ्चालनमा, पसल दिनभर खोल्न पाइने


१५ असार २०७८, मंगलवार

काठमाडौं, १५ असार । काठमाडौं उपत्यकाको निषेधाज्ञा आज (मंगलबार) देखि थप खुकुलो भएको छ । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गर्दै जनजीवनलाई भने थप खुकुलो गरिएको छ । काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जानकारी दिए । उनले सार्वजनिक सवारीमा स्वास्थ्य प्रोटोकल अपनाएर जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको बताए । उनले सार्वजनिक सवारीमा स्वास्थ्य प्रोटोकल अपनाएर जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको बताए ।

‘व्यवस्थित र स्वास्थ्य प्रोटोकल अपनाएर यात्रुबाहक सार्वजनिक सवारी चल्न दिइनेछ । २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सवारी साधनमा विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइनेछ’, प्रजिअ निरौलाले भने, ‘सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ ।’

काठमाडौं उपत्यकाको पछिल्लो साता जारी गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।
हेर्नुस् आदेश

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७