सभामुख सापकोटाले सम्पादकहरूसँग अन्तरक्रिया गर्दै


१५ असार २०७८, मंगलवार
agniprasad sapkota 1536x864 1

काठमाडौं, १५ असार । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (मंगलबार) विभिन्न मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।

पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न सभामुख सापकोटाले पत्रकारहरुसँग अन्तरक्रिया गर्न लागेका हुन् ।
सभामुख सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विपक्षमा उभिदै आएका छन् । त्यसैगरी, अध्यादेशमार्फत गरिएका संवैधानिक नियुक्तिहरुको पनि सभामुख सापकोटाले विरोध गर्दै आएका छन् ।

दोस्रोपटक संसद विघटन भएपछि सापकोटाले ‘असाधारण निर्णय लिन सक्ने’ बताएका थिए । सभामुखको सचिवालयका अनुसार आज (मंगलबार) दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख सापकोटाले सम्पादकहरूसँग अन्तरक्रियाको कार्यक्रम राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७