चट्याङ लागेर तीन जनाको गयो ज्यान, चार घाइते


१५ असार २०७८, मंगलवार
chatyang 2

पर्सा, १५ असार । पर्सामा आज (मंगलबार) बिहान चट्याङले लागेर तीन जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।

चट्याङले लागेर जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–४ का ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ का २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ का ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

यस्तै देवरवानीमा चट्याङले लागेर ४० वर्षीय राजवंशी महरा गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको छ । चट्याङ लागेर जिराभवानीमा पनि तीन जना सामान्य घाइते भएको डीएसपी खनालले जानकरी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७