आयोजक कमिटीको पूर्व सन्ध्यामा एमाले स्थायी कमिटी बैठक बस्दै


१५ असार २०७८, मंगलवार
amale 1

काठमाडौं, १५ असार । सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक भोलि बालुवाटारमा बस्दै छ । बैठकको तयारीबारे छलफलका लागि आज साँझ स्थायी कमिटी बैठक बोलाइएको छ । भोलिको बैठकको तयारीबारे छलफल गर्न बेलुकी ५ बजे स्थायी कमिटी बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

एमालेमा अब महाधिवेशन कमिटी नरहने भएको छ । बुधबार बालुवाटारमा बस्ने महाधिवेशन आयोजक कमिटीले बिहीबार नै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी रहेको स्रोतको भनाइ छ ।

महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने बताइँदै आएको छ । पार्टी एकताका लागि पूर्ववत कमिटीमा फर्काउने तयारी भइरहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७