पहिरोको जोखिमबाट बच्यो काराङ्गा गाउँ


१५ असार २०७८, मंगलवार
final one 4uqAAWRpiX

हुम्ला, १५ असार । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ काराङ्गा गाउँमा रहेको जोखिमपूर्ण चट्टान हिल्सा सिमकोट सडक योजनाको पहलमा फुटाइएको छ ।

बस्ती नै जोखिम भएपछि हिल्सा–सिमकोट सडक योजना र नेपाली सेनाको बहरा दल गुल्मको पहलमा चट्टान फुटाइएको हो । लगातार वर्षाले चट्टान खस्न सक्ने जोखिमबाट त्रसित यहाँका वासिन्दा ढुक्क भएका छन् । यहाँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको उच्च जोखिममा रहेका थिए ।

वर्षासँगै भिरमा रहेको उक्त चट्टान खस्न थालेपछि सेनाको सहयोगमा पन्छाउने काम भएको योजना प्रमुख विसुनदास लामाले जानकारी दिए । जोखिमपूर्ण चट्टान फुटाइएपछि बस्ती सुरक्षित रहेको गुल्मपति सेनानी नरेशभक्त अधिकारीले बताए । सडक योजना, खार्पुनाथ प्रहरीचौकी र सेनाको टोलीको संयुक्त पहलमा चट्टान फोड्न सहज भएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७