सुदूरपश्चिम प्रदेश : दुई महिनादेखि बन्द सवारी साधन सञ्चालनमा


१५ असार २०७८, मंगलवार
public vehicle yatayat 18 9iF12Xvijm

कञ्चनपुर, १५ असार । दोस्रो चरणको महामारी फैलिएपछि कञ्चनपुरमा बन्द सार्वजनिक यातायात दुई महिनापछि सञ्चालनमा आएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको बैठकको निर्णयअनुसार जनस्वास्थ्यका मापदण्ड अपनाएर जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन आएको हो ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार जिल्लाभित्र जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी आजदेखि बिहान ०६ बजेदेखि साँझ ७ बजेसम्मका लागि सवारी साधन सञ्चालन गर्न दिइने भएको छ । स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएपछि सार्वजनिक सवारी बन्द भएका थिए । अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधन भने निर्वाध रूपमा सञ्चालन गर्ने दिइने भएको छ ।

जिल्ला बाहिर जाने एम्बुलेन्स र मालवाहक ढुवानीका साधन बाहेक अन्य सवारी साधनको हकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट पास लिनुपर्ने छ । स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो गरी असार २१ गतेसम्म निरन्तरता दिएको छ । पसल खोल्ने समय तीन घण्टा बढाएर साँझ ६ बजेसम्म पु¥याइएको छ । यसअघि बिहान ०६ देखि दिउँसो ३ बजेसम्म मात्रै पसल खोल्न दिने गरिएको थियो ।

औषधि, दूधसहित अत्यावश्यक सेवाका पसल भने निषेधाज्ञामा पनि खोल्न दिइएको छ । उद्योग तथा कलकारखाना सार्वजनिक तथा नीति निर्माणका कार्य जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णपालना गर्ने गरी सञ्चालन गर्न दिइने छ । कोरोना महामारीको सङ्क्रमण दर कम हुन थालेपछि जेठ अन्तिम मसान्तदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको हो । खुला ठाउँमा भेला हुन, जुलुस, जात्रा, भीडभाड, सभासम्मेलन, तालिम, गोष्ठीमा भने रोक लगाइएको छ ।

विवाह व्रतबन्ध तथा सामूहिक धार्मिक कार्यक्रममा १० जना बाहेक त्यसभन्दा बढीलाई सहभागी हुन नपाइने भएको छ । शैक्षिक गतिविधि भौतिक उपस्थितिमा गर्न नपाई नियम लागु गरिएको छ । तोकिएका सीमा नाका गड्डाचौकी र गौरीफण्टाबाट मात्रै भारतबाट आउने जानेलाई स्वास्थ्यका मापदण्ड अपनाई प्रवेश दिइने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७