चाक्सीबारी बैठकको निष्कर्ष : एकपल्ट केन्द्रीय सदस्यसँग छलफल गर्ने


१५ असार २०७८, मंगलवार
congress 1

काठमाडौं, १५ असार । नेपाली कांग्रेसका प्रभावशाली तीन नेताले केन्द्रीय सदस्यसँग छलफल गर्ने निष्कर्ष निकालेका छन् । उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहले शुक्रबार पार्टीका केन्द्रीय सदस्यसँग छलफल गर्न लागेका हुन् ।

छलफलको दायरलाई फराकिलो बनाउनका लागि केन्द्रीय सदस्यहरुसँग छलफल गर्न लागेको प्रकाशमान सिंहले बताएका छन् । केन्द्रीय सदस्यहरुलाई कोइराला निवासमा बोलाइएको छ । आज तीन नेताबीच सिंहको निवास चाक्सीबारीमा लामो छलफल भएको थियो । तीनै जना कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन् ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनलाई समयमा सम्पन्न गराउन क्रियाशील सदस्यताको विषय टुंग्याउने विषयमा छलफल भएको सिंहले बताए । ‘महाधिवेशन प्रजातन्त्रिक तरिकाबाट हुनुपर्छ । विधि प्रक्रिया पुरा गरेकाले क्रियाशील सदस्यता पाउनु पर्छ’, सिंहले भने ।

३ जना मात्रै होइन छलफलको दायरालाई विस्तारिक गर्नु प¥यो । शुक्रबार शशांकको निवासमा सबै केन्द्रीय सदस्यसँग छलफल गर्ने । १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार भएका नेताहरुसँग पनि छलफल गरिने सिंहले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७