थप ४,३४८ ले जिते कोरोना, २,६३६ नयाँ थपिए, २० जनाको मृत्यु


१५ असार २०७८, मंगलवार
korona

काठमाडौं, १५ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,३४८ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कोरोना संक्रमण भई निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५८ संक्रमित थपिएका छन् । काठमाडौंमा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० जना संक्रमित थपिएका हुन् । उपत्यकामा हाल आठ हजार ३३० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

पछिल्लो २४ घण्टामा २,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २,६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३६ हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७