कामना सेवा विकास बैंकका एकैदिन दुई शाखा उद्घाटन


१५ असार २०७८, मंगलवार
kamana sewa FAZZrUu6wC

काठमाडौं, १५ असार । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित स्वयम्भूमा र भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं. ७ स्थित जगातीमा शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि बैंकका अध्यक्ष सुदिप आचार्यले यही आफ्नो १२६औ र १२७औ शाखाहरुको उद्दघाटन गरेको हो ।

उक्त समुद्घाटन समारोहमा बैंकका संचालक श्री विश्वश्वेर सुवेदी, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरु उपस्थित हुनु भएको थियो भने अन्य सञ्चालकहरुको भर्चुवल उपस्थिति रहेको थियो । यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेको ।

बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने रणनीति अवलम्बन गरेको छ ।

यससंगै अब बैंकले १२७ शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा एटिएम मार्फत ग्राहक महानुभावहरुलाई निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले हालको विषम परिस्थितिमा समेत Social Media Banking, Internet Banking, Mobile Banking, SMS Bankingजस्ता Digitalमाध्यमबाट ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७