दक्षिण अफ्रिकी पूर्व राष्ट्रपतिलाई १५ महिनाको जेल सजाय


१५ असार २०७८, मंगलवार
jacod zuma KI3t858Yea

काठमाडौं, १५ असार । दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत संवैधानिक अदालतले यस्तो फैसला गरेको हो ।

संवैधानिक अदालतले पूर्व राष्ट्रपति ज्याकब जुमालाई अदालतको अवहेलना गरेको विषयमा दोषी पाएको थियो । ज्याकब जुमा राष्ट्रपति हुँदा भ्रष्टाचारको एक मुद्दामा उनलाई एक जाँच आयोग समक्ष उपस्थित हुनुपर्ने थियो । उनी संवैधानिक अदालतको आदेशपछि पनि जाँच आयोग समक्ष उपस्थित भएनन् । सन् २०१८ मा ज्याकम जुमाको कार्यकाल सकिएको थियो ।

पदमा रहँदा उनीमाथि भ्रष्टाचारका कैयौं आरोप लागेको थियो । केही कारोबारी घरानाका नेतासँग मिलेमतो गरेर निर्णय लिने प्रक्रिया प्रभावित गरेको आरोप पनि उनीमाथि लागेको थियो । यद्यपि पूर्व राष्ट्रपति जुमा एक पटक जाँच आयोग समक्ष उपस्थित भएका थिए तर पछि उनलाई त्यहाँ उपस्थित हुनबाट अस्वीकार गरिएको थियो ।

पूर्व राष्ट्रपति जुमालाई पक्राउ गरिने या नगरिनेमा भने बताइसकिएको छैन । एक अन्य मुद्दामा ज्याकब जुमाले गएको महिना आफूलाई निर्दाेष बताएका थिए । ९० को दशकमा यस विषयमा उनीमाथि पाँच अर्ब डलरको रक्षा खरिदमा भ्रष्टाचार गरेको आरोप छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७