निर्वाचन आयोगले जसपाको दुबै पक्षलाई छलफलका लागि बोलायो


१५ असार २०७८, मंगलवार
Upendra mahantha

काठमाडौं, १५ असार । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को दुबै पक्षलाई विवाद समाधानका विषयमा छलफल गर्नका लागि बलाएको छ । आयोगले अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षलाई असार २२ गते छलफलका लागि बोलाएको हो ।

उनीहरूलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ४ बमोजिम छलफलका लागि बोलाइएको आयोगले जनाएको छ । सो दफामा ‘आयोगले विवादका सम्बन्धित पक्षहरूलाई आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनका लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिने’ उल्लेख छ ।

यसअघि जसपाको उपेन्द्र यादव नेतृत्वको समूहले आधिकारिकताको दावी गर्दै आयोगमा निवेदन दिएको थियो । असार ४ गते सो निवेदन आएपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन पत्र लेखेको थियो । ठाकुर पक्षले आइतबार नै आयोगमा जवाफ बुझाइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक सहकार्य गर्ने वा नगर्ने भन्नेमा विवाद हुँदा जसपा विभाजनको सघांरमा पुगेको छ । यादव पक्ष विपक्षी गठबन्धनमा सक्रिय छ भने सरकारमै सहभागी भएको ठाकुर पक्षका मन्त्रीहरु सर्वोच्चको आदेशपछि पदमुक्त भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७