तीनपल्टको युरोकप च्याम्पियन जर्मनीलाई स्तब्ध पार्दै इङ्ल्याण्ड क्वाटर फाइनलमा


१६ असार २०७८, बुधबार
England1624989539

काठमाडौं, १६ असार । तीन पटकको युरोकप च्याम्पियन जर्मनीलाई स्तब्ध पार्दै इङ्ल्याण्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । जर्मनीले १९७२, १९८० र १९९६ मा युरोकपको उपाधि उचालेको थियो ।

मंगलबार राति भएको खेलमा इङ्ल्याण्डले जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्याण्डलाई जित दिलाउन रहिम स्ट्रलिङ र ह्यारी केनले एक–एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको इङ्ल्याण्डले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो ।

खेलको ७५ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै इङ्ल्याण्डलाई अग्रता दिलाए । ८६ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । जितसँगै इङ्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौँ टोली बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७