स्विडेनलाई हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटर फाइनलमा


१६ असार २०७८, बुधबार
ukren z8aVWkN5V5

काठमाडौं, १६ असार । स्विडेनलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आज बिहान स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा युक्रेनका ओलेक्सान्डर जिन्चेन्को र आर्टिम दोब्भेकले एक–एक गोल गरे । स्विडेनका इमिल फर्सवर्गले एक गोल फर्काए ।

खेलको निर्धारित ९० मिनेट एक–एक गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा आर्टिमले गोल गर्दै युक्रेनलाई जिताए । खेलको २७ औं मिनेटमा युक्रेनका जिन्चेन्कोले गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा फर्सवर्गले गोल गर्दै स्विडेनलाई एक–एकको बराबरीमा पुर्‍याएका थिए ।

खेलको ९९ औं मिनेटमा स्विडेन १० खेलाडीमा समेटिएको थियो । युक्रेनका आर्टिमलाई ट्याकल गरेपछि स्विडेनका मार्कुस डानिलसनले रातो कार्ड पाएका थिए । युक्रेनको जितसँगै युरोकपको प्रि क्वाटर फाइनल समीकरण समेत पूरा भएको छ । स्विडेन बाहिरिएको छ । अब युक्रेनले क्वाटर फाइनलमा इङल्याण्डसँग खेल्नेछ । इङल्याण्ड जर्मनीलाई २–० ले हराएर अन्तिम आठमा पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७