भेनेजुएलामा खोप अभियान शुरु


१६ असार २०७८, बुधबार
COVID Venezuela uQCT0zKlDi
Pedestrians and commuters wearing face masks amid the new coronavirus pandemic crowd a sidewalk where buses stop in Caracas, Venezuela, Monday, June 1, 2020. After two and a half months of COVID-19 related quarantine, some industries are allowed to reactivate under a scheme of five days’ work and 10 days rest. (AP Photo/Ariana Cubillos)

काठमाडौं, १६ असार । लेटिन अमेरिकी मुलुक भेनेजुएलामा कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ । भेनेजुएलाले छिमेकी मुलुक क्युबामा उत्पादन गरिएको अब्दला खोप प्रयोग गरेको हो ।

हालै मात्र भेनेजुएलाले क्युवाको स्वास्थ्य मन्त्रालयसँग एक करोड २० लाख डोज खोप खरिद गर्न सम्झौता गरेको थियो । यो खोप आगामी चार महिनाभित्र भेनेजुएलालाई उपलब्ध गराइने क्युबाली अधिकारीहरुले बताएका छन् ।

दुई देशबीच भएको यो सम्झौताबाट करिब ४० लाख भेनेजुएलाका नागरिकलाई खोप दिन पुग्ने भेनेजुएला सरकारको दाबी छ । तीन डोज मात्रा लगाउनु पर्ने यो खोप पहिलो चरणमा ३० लाख डोज भेनेजुएला आइपुगेको छ ।

यसबाट १० लाख व्यक्तिलाई खोप दिन सकिने बताइएको छ । क्लिनिकल परीक्षणमा अब्दला खोपले नयाँ भेरिएन्ट समेतमा काम गर्ने पाईएको छ । यो खोप ९२ प्रतिशत प्रभावकारी रहेको क्युबाको दाबी छ । भेनेजुएलामा अहिलेसम्म २ लाख ७० हजारमा कोरोना संक्रमण भएको छ भने ३ हजार ८४ बढीको मृत्यु भइसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७