लोकसेवा आयोगका रोकिएका परीक्षाहरु १५ साउनदेखि (सूचनासहित)


१६ असार २०७८, बुधबार
Loksewa Aayog

काठमाडौं, १६ असार । लोकसेवा आयोगले कोरोना भाइरस महामारीका कारण रोकिएका परीक्षाहरु आउँदो साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणका कारण र आयोगमा पदाधिकारी रिक्त हुँदा खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए । आयोगले ११ वटा विज्ञापनमा रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगायतको कार्यतालिका सार्वजनिक गरिसकेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

परीक्षा पूर्व निर्धारित समयमा सन्चालन नहुँदा आयोगको वार्षिक कार्यतालिका नै प्रभावित भएको छ । रोकिएका परीक्षाहरु तीनदेखि चार महिनाभित्र सन्चालन गरिसक्ने लक्ष्य छ । परीक्षाहरु जतिसक्दो छिटो सक्न दुईदेखि तीन सिफ्टमा परीक्षा सञ्चालन गर्ने तयारी आयोगले गरेको छ ।
हेर्नुस् सूचना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७