कृषिको व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य : मुख्यमन्त्री पोखरेल


१६ असार २०७८, बुधबार
gandaki krishna nepali

पोखरा, १६ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग मङ्गलबार पोखरामा भएको भेटमा उनले गण्डकी प्रदेश सरकारले युवा किसानलाई तालिमका लागि इजरायलमा पठाउँदै आएको र आगामी वर्षमा समेत यो कार्यक्रमले निरन्तरता पाउने बताए ।

नेपाल र इजरायलबीच ६० वर्ष लामो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको पहलमा उक्त सम्बन्ध स्थापित भएको स्मरण गरे ।

इजरायलबाट दक्ष जनशक्ति नेपालमा ल्याएर सहकारी प्रवद्र्धनका लागि समेत बिपी कोइरालाले पहल गरेको बताउँदै उनले दुई देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेको बताए । राजदूत गोडेरले नेपाल र इजरायलबीच अति प्रगाढ सम्बन्ध रहेको बताउँदै आगामी दिनमा अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गरे ।

दुवै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको उनले बताए । अहिले सातै प्रदेशबाट ५०० को हाराहारीमा युवा किसान तालिमका लागि इजरायलमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७