ट्रकको ठक्करबाट पैदल यात्रु युवकको गयो ज्यान


१६ असार २०७८, बुधबार

बारा, १६ असार । बाराको जितपुर सिमरा उपमहानगरपालिका– ७ शान्ति चोकमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ । मृत्यु हुनेमा २२ वर्षीय राजन श्रेष्ठ छन् ।

वीरगञ्जबाट सिमरा आउँदै गरेको बा ०३००१ ख ११२७ नम्बरको ट्रकले श्रेठलाई मंगलबार राति करिब ९ बजेतिर ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७