ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु


१६ असार २०७८, बुधबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

सिरहा, १६ असार । सिरहामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सिरहा नगरपालिका–१३ मा स १ त ३९७२ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिरहा नगरपालिका–१६ निवासी २२ वर्षीय सुरज गोइतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
गए राति तीव्र गतिमा रहेको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा गोइतको घटनास्थलमै मृत्यु भएको हो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७