संसद विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले आज ७७ जिल्लामै प्रदर्शन गर्दै


१६ असार २०७८, बुधबार

काठमाडौं, १६ असार । संसद विघटनविरुद्ध आज (बुधबार) पाँच विद्यार्थी संगठनले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछन् ।
उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुर सहित देशभरका ७७ वटै जिल्लाका पाँच विद्यार्थी संगठनका जिल्ला नेतृत्वको सहभागीता र अगुवाईमा विरोध कार्यक्रम गरिने अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीले जानकारी दिएका छन् ।

मौसमको अनुकूलतालाई मध्यनजर गर्दै बिहान ११ बजे पछिको जुनसुकै समयमा स्थानीय मौसमको अनुकुलता अनुसार कार्यक्रम सम्पन्न हुने र कार्यक्रममा प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्मका विभिन्न कार्यक्रमहरु रहेको मैनालीले जानकारी दिए ।

प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), सुदेश पराजुली नेतृत्वको अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) सहभागी रहने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७