६ घण्टामै महिला बने पुरुष, भनिन्, ‘अब ओरल सेक्सको आवश्यकता छैन’


१६ फाल्गुन २०७४, बुधबार
Sandhya lama

काठमाण्डौं, १६ फागुन : १० लाख रुपैयाँले काठमाण्डौंको पाखाभित्तामा चारआना जग्गा किन्न सकिन्छ । त्यति नै रुपैयाँ खर्चंदा एउटा टहरा बन्न सक्छ । पैसा चिन्नेले यो रकम खेलाएर राम्रै आयआर्जन गर्न सक्छन् । तर, सन्ध्या लामाले १० लाख रुपैयाँ खर्चेर गत साउन २४ गते लिङ्ग परिवर्तन गरेकी छन् । Sandhya lama

उनले थाइल्याण्डको बैंककमा पुरुष अङ्ग हटाएर महिला यौनाङ्ग प्रत्यारोपण गरेकी हुन् । झण्डै ६ घण्टा लगाएर अङ्ग प्रत्यारोपणपछि पूर्णरूपमा महिला बनेकी छन् । ‘महिला यौनाङ्ग प्रत्यारोपण गर्ने पहिल्यैदेखिको इच्छा थियो,’ सहयात्री समाज वीरगञ्जकी कार्यक्रम संयोजक उनले सुनाइन्, ‘आर्थिक अभावले बल्लतल्ल रहर पूरा गर्न सम्भव भयो । लिङ्ग परिवर्तनपछि असाध्यै खसशी छु ।’

जन्मँदा पुरुष भए पनि बिस्तारै महिलाको स्वभाव देखिन थालेको बताउने उनी शारीरिक अङ्ग समेत महिलाको भएकोमा दङ्ग छिन् । घर परिवारको सल्लाहमै लिङ्ग परिवर्तन गर्न एक्लै थाइल्याण्ड पुग्दा चिकित्सकले विना संरक्षक शल्यक्रिया नगर्ने भनेपछि इटालियन र कम्बोडियन साथीलाई साक्षी राखेर लिङ्ग परिवर्तन गराएकी हुन् । लिङ्ग परिवर्तन गरे पनि बच्चा जन्माउन सक्दिनन् किनकी पाठेघर छैन । पाठेघर नभएपछि सन्तान सुखको परिकल्पना गर्न सकिँदैन । तैपनि खुशी व्यक्त गरिन्, ‘पाठेघर प्रत्यारोपण गर्ने सोच बनाएकी छु ।’ अमेरिकामा पाठेघर प्रत्यारोण गरेर सन्तान जन्माउनेहरूको समाचार पढेकी थिएँ । म पनि ढिलोचाँडो यो काम गर्नेछु ।’ त्यसो भएपछि सन्तान सुख नहुँदा वैवाहिक जीवन कस्तो होला भनेर चिन्ता गर्नै पर्दैन । उनी विदेशी नागरिकसँग प्रेममा छिन् । sandhya

लिङ्ग परिवर्तनपछि ‘एनल’ र ‘ओरल सेक्स’ गनर्’ पर्ने बाध्यता हटेको उनले बताइन् । झण्डै दश वर्षदेखि तेस्रोलिङ्गीका रूपमा परिचित उनको भनाइ छ, ‘अब पुरुष र महिलाले जस्तै सेक्सुअल रिलेसनसिप राख्न सकिन्छ ।’ हेटौंडा मकवानपुर निवासी उनले झण्डै ६ वर्षअघि दुई लाख खर्चेर महिलाको झैं स्तन विकास गरेकी थिइन् । नागरिकतामा सञ्जीव लामा उल्लेख रहेकी उनी महिलाकै रूपमा नागरिकता निकाल्ने प्रयासमा छिन् ।

विश्व बैंकले सन् २००८ मा गरेको तेस्रोलिङ्गी सौन्दर्य प्रतियोगितामा ‘मिस व्युटी एण्ड ब्रेन’ को ताज पहिरिएकी उनले भोजपुरी चलचित्र र म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् भने अवसर पाए नेपाली चलचित्र खेल्ने रहर भएको बताइन् । रहरै रहरले भरिपूर्ण मानवजीवनमा एउटा पूरा गरेपछि अर्को रहर लाग्न’ अस्वाभाविक होइन । लामाले स्तनको शल्यक्रिया गरेको ६ वर्षपछि लिङ्ग परिवर्तन गरिन् । अबको रहर के होला ? भनिन्, ‘पाठेघर प्रत्यारोपण गर्ने योजना बनाएकी छ ।’ त्यति मात्रै होइन, पुरुषको स्वर परिवर्तन गरी महिलाको जस्तै बनाउन घाँटीको शल्यक्रिया गर्ने रहर छ । त्यो पनि पूरा गरेरै छाड्ने अठोट लिएको समाचार जनआस्थामा छापिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७