विश्वासको मत नपाउने यकिन भए प्रधानमन्त्रीले संसदमा जानु पर्दैन : सह–न्याधिवक्ता


१६ असार २०७८, बुधबार
constitutional bench New 1

काठमाडौं, १६ असार । प्रतिनिधिसभा विघटनबिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सरकारी वकिलको बहस आज (बुधबार) पनि जारी छ ।

आज सरकार पक्षबाट बहस शुरु गर्दै सह–न्यायाधिवक्ता गोपाल प्रसाद रिजालले विश्वासको मत पाउँदिन भन्ने यकिन भएपछि प्रधानमन्त्रीले संसदमा विश्वास ‘टेष्ट’ गर्नु नपर्ने दाबी गरेका छन् । धारा ७६ (३) बमोजिम नियुक्त केपी शर्मा ओलीले विश्वासको मत पाउँदिन, त्यसैले लिन्न भनेर उपधारा ५ बमोजिम अर्को प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिकहाँ जानुभएको रिजालको तर्क छ ।

अविश्वासको प्रस्ताव पास गराउन संसदमा जानु नपर्ने र संविधानले पनि विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि संसदमै जानुपर्छ भनेर नभनेको उनको भनाई छ ।

आज ५५ मिनेट भित्र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरु गोपालप्रसाद रिजाल, संजिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गर्नेछन् ।

सरकारी वकिलले बहस सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन ब्यवसायीले बहस गर्नेछन् । प्रधानमन्त्रीका कानुन ब्यवसायीलाई बहसका लागिी ७ घण्टा समय छुट्याइएको छ । सरकारको तर्फबाट बहस सकिएपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि, कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदको तर्फबाट जवाफी बहस हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७