४० किलो गाँजासहित दुई जना पक्राउ


१६ असार २०७८, बुधबार
gaja

पर्सा, १६ असार । पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मकवानपुरको राक्सीराङ गाउँपालिका–५ का ४० वर्षीय वीरबहादुर प्रजा र २० वर्षीय सोनालाल प्रजालाइ प्रहरीले ४० किलो गाँजासहित पक्रेको हो ।

मकवानपुरको मनहरी लोथर हुँदै पर्सा राष्ट्रिय निकुञ्जको जङगलको बाटो हुँदै गाँजा तस्करी भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । त्यहि सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वमा गस्ती टोली खटिएको थियो ।

प्रहरीको गस्ती टोलीले पटेर्वा सुगौली गाउँपालिका २ गादीस्थित स्वास्थ चौकी नजिकबाट प्रजाद्वयलाई गाँजासहित पक्रेको हो । पिठ्युमा ३ वटा बोरा बोकेर हिँड्दै गरेका दुवै जनालाई प्रहरीले रोकेर चेकजाँच गर्दा बोरोबाट ४० केजी गाँजा बरामद भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

गाँजासहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान लगाडि बढाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७