वरिष्ठ अधिवक्ता पन्तको प्रश्न : राष्ट्रपतिलाई किन मुद्दा नलगाएको ?


१६ असार २०७८, बुधबार
sarbochha 1

काठमाडौं, १६ असार । वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपतिविरुद्ध मुद्दा किन नलगाएको भन्दै प्रश्न गरेका छन् ।

वरिष्ठ अधिवक्ता पन्तले आज (बुधबार) सर्वोच्च अदालतमा भएको संसद विघटनको मुद्दामा बहस गर्दै भने, ‘राष्ट्रपतिलाई मुद्दा लाग्छ भने किन नलगाएको ? प्राकृतिक न्यायको सिद्धान्तले पनि यो कुरा दिँदैन । उहाँको कदम गलत हो भने उहाँलाई विपक्षी नबनाएर कसरी न्याय निरुपण हुन्छ ? राष्ट्रपतिले को कुन दलको भनेर कसरी थाहा पाउने भन्ने प्रश्न आएको छ, त्यसअघि सञ्चारमाध्यममा प्रशस्तै आएको छैन र ?’

संसारभरि राष्ट्रपतिलाई विशेष अधिकार रहेको उल्लेख गर्दै अहिले नेपालमा आएको जस्तो समस्यामा राष्ट्रपतिले कसैलाई सोध्दा पनि सोध्दैन सोध्न पनि पर्दैन भन्ने तर्क गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७