एमाले स्थायी कमिटीमा ‘बादल’ सहित आठ नेता थपिए, माधव पक्षमाथिको कारवाही निस्क्रिय

महाधिवेशन आयोजक कमिटी खारेज, असार १८ गते केन्द्रीय कमिटी वैठक


१६ असार २०७८, बुधबार
uml aayojak commitee last meeting asar 16 2

काठमाडौं, १६ असार । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भङ्ग (खारेज) भएको छ । अब एमालेका काम कारवाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने भएका छन् । आज (बुधबार) बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।

महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निस्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निष्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । आज भएको महाधिवेशन आयोजक कमिटीको अन्तिम वैठकपछि बोल्दै ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् । यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय भएको छ ।

रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको विघटित महाधिवेशन आयोजक कमिटीका एक सदस्यले जानकारी दिएका छन् । आजको निर्णयसँगै एमाले २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७