एक सचिव पदका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस


१७ असार २०७८, बिहीबार
Loksewa Aayog

काठमाडौं, १७ असार । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव पद (विशिष्ट श्रेणी) का लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोकसेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करको नाम सिफारिस गरेको हो । आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीनमध्ये एकलाई सचिवमा बढुवा निर्णय गर्नेछ ।

सोही मन्त्रिपरिषद् बैठकले एक साथ चार जनालाई सचिवमा बढुवा गर्नेछ । समितिको सोमबार बसेको बैठकले ज्येष्ठ सहसचिव डा. दामोदर रेग्मीको नाम अर्को बैठकले कृषि तथा वन र इञ्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस गरिसकेको छ ।
सिफारिस गरिएकालाई मन्त्रिपरिषद्ले सचिव बनाउने निर्णय गरेपछि मात्रै रिक्त अन्य सचिवका लागि समिति बैठक बस्ने बताइएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७