दुई महिनादेखि बन्द आन्तरिक उडान आजबाट खुल्यो


१७ असार २०७८, बिहीबार
nepal airlines

काठमाडौं, १७ असार । कोरोना भाइरस संक्रमणको महामारीका कारण दुई महिनादेखि बन्द आन्तरिक उडान आज (बिहीबार) बाट खुलेको छ ।
बिहान ६ बजेदेखि नै उडान शुरु हुने भनिए पनि खराब मौसमका कारण उडानमा ढिलाइ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ । विमानस्थल कार्यालयका अनुसार लगातार पानी परेका कारण उडानमा ढिलाइ भएको छ ।

मौसममा थोरै सुधार हुने बित्तिकै उडान हुने विमानस्थलले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान गर्न अनुमति दिइ उडान सञ्चालन गर्ने तयारी गरेको हो । यात्रुहरुले भौतिक दूरी कायम गर्नुपर्ने, हरेक जहाज दश मिनेटमा उडान गर्नुपर्ने, एक पटक उडेपछि स्यानिटाइज अनिवार्य गर्नुपर्ने र यात्रुको लगेज समेत स्यानिटाइज गरेर मात्र दिने गरी व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

उडानको अनुमति दिइएकामध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणले हवाई कम्पनीहरुलाई निर्देशन दिएको छ ।

पहिलो चरणमा यी चार वटा वायुसेवाले काठमाडौंबाट धनगढी, नेपालगञ्ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनरगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन् । प्राधिकरणद्वारा स्वीकृत तालिकाअनुसार, काठमाडौंबाट दैनिक विराटनग १०, भैरहवा ९, नेपालगन्ज र भद्रपुर ७–७, जनकपुर र सिमरा ६–६, पोखरा ५ र धनगढी ४ वटा उडान हुनेछन् । त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुरलगायत दुर्गम क्षेत्रमा दैनिक ८ वटा उडान हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७