१०० बर्षमा चिनियाँ कम्युनिष्ट पार्टी, बेइजिङमा भव्य उत्सव मनाइँदै


१७ असार २०७८, बिहीबार
china communist

काठमाडौं, १७ असार । चीनले सत्तारुढ कम्युनिष्ट पार्टीको स्थापना भएको १०० वर्ष पुगेको उत्सव मनाइरहेको छ । अधिकारीहरूले कार्यक्रमबारे खुलाएका छैनन् । तर, राष्ट्रपति सी जिन्पिङले बिहीवार एउटा मन्तव्य दिने ठानिएको बीबीसीले जनाएको छ ।

चीनमा कैयौं ठूलोस्तरका कार्यक्रमहरू हुँदै आएका छन् र हालैका साताहरूमा पार्टीले स्वीकारेको चीनको इतिहासबारे सञ्चारमाध्यममा कार्यक्रमहरूलाई प्राथमिकतासाथ स्थान दिइएको छ । हङकङले पनि उही मितिमा गरेको हस्तान्तरणको वर्षगाँठ मनाउँदैछ । सन् १९२१ मा स्थापना भएको चीनको कम्युनिष्ट पार्टी एउटा लामो गृहयुद्धपछि ७२ वर्षअघि सत्तामा पुगेको थियो । त्यो समयमा देशमा व्यापक परिवर्तनहरू भए (तर केही त्यस्ता परिवर्तनहरू भने स्पष्ट रूपमा देखिने गरी हटाइएको छ ।

सोमवार, बेइजिङस्थित बर्डस् नेस्ट रङ्गशालामा द ग्रेट जर्नी नाम दिइएको कला देखाइएको थियो । प्रदर्शनमा कलाकारहरूले पार्टी र देशको इतिहास झल्काउने खालका पहिरन लगाएका थिए र साजसज्जा पनि त्यस्तै खालको थियो । कल्चरल रिभोलुसन अर्थात् सांस्कृतिक क्रान्ति, १९८९ तियानआनमेन स्क्वाएर प्रदर्शन र हङकङका प्रजातन्त्र समर्थकको प्रदर्शनहरू जस्ता महत्वपूर्ण कार्यक्रमहरू भने नरहेको एएफपी समाचार संस्थाले जनाएको छ ।

एप्रिलयता, चीनमा प्रोपोगाण्डा चलचित्रहरू देखाउन निर्देशन दिइएको छ । ‘रेड फिल्मम’ भनिने ती चलचित्र सातामा कम्तीमा दुई पटक देखाइन्छ ।

यसैबीच, वार्षिकोत्सव मनाउन वर्षैभरि प्रसारणका लागि १०० टेलिभिजन कार्यक्रमहरूको मितिहरू तय भइसकेको छ । चीनको उपलब्धिहरूको प्रशंसा गर्ने १००५ भनिने गीत पनि सार्वजनिक गरिएको छ जसमा १०० गायकहरू रहेका छन् । रेड टुरिजम् पनि निकै लोकप्रिय भएको छ । सिट्रिप जस्ता ट्राभल कम्पनीहरूले रेड पिल्ग्रिम्सका लागि एक सय नौला मार्गहरू सार्वजनिक गरेका छन् । प्रोपागाण्डालाई लिएर सबै खुशी भने छैनन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७