तनहुँमा छाब्दीखोलाको बाढीले पक्की पुल बगायो


१७ असार २०७८, बिहीबार
4b78f5ad256681fd3a7957eebc95cfc4 w1000 h500 cp

तनहुँं, १७ असार । तनहुँको व्यास नगरपालिकामा रहेको एउटा पक्की पुल बाढीले बगाएको छ । व्यास नगरपालिका १ र १३ जोड्ने छाब्दी दोभानको पक्की पुल छाब्दीखोलामा आएको बाढीले बगाएको हो ।

हिजोदेखि परेको अविरल वर्षाले छाम्दी खोलामा ठूलो बाढी आएको छ । बाढीले पुल बगाएसँगै बुद्धसिं मार्ग र केशवटार मार्गका सवारी संचालनमा अवरोध आएको तनहुँका सञ्चारकर्मी उज्ज्वल पौडेलले जानकारी दिएका छन् । खोलामा आएको बाढीका कारण आसपासका घरहरु समेत जोखिमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७