राष्ट्रिय सभाको अधिवेशन आजदेखि


१७ असार २०७८, बिहीबार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं, १७ असार । राष्ट्रिय सभाको आठौं अधिवेशन आज (बिहीबार) देखि शुरु हुँदैछ । बिहीबार दिउँसो ४ बजे संसद भवन नयाँ बानेश्वरमा अधिवेशन बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभामा हाल १९ वटा विधेयक विचाराधीन अवस्थामा छन् । यो अधिवेशनमा ती विधेयकका साथै समितिका प्रतिवेदन र संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने कार्यसूची रहेको संसद सचिवालका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने नियमावलीको व्यवस्था अनुसार अध्यादेशहरु पेश हुन लागेका हुन् । राष्ट्रिय सभा बैठकमा सहभागी हुने सदस्यहरुको बुधबार एन्टीजेन परीक्षण पनि गरिएको छ ।

संसद भवनमा समाचार संकलनका लागि जाने सञ्चारकर्मी, सुरक्षाकर्मी र संसद सचिवालयका कर्मचारीको पनि एन्टीजेन परिक्षण गरिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७