नारायणी र वागमती नदीमा बाढीको जोखिम


१७ असार २०७८, बिहीबार
narayani river flood AAVkL5wJtN scaled
फाइल फोटो

काठमाडौं, १७ असार । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षासँगै नारायणी र वाग्मती नदीमा बाढीको जोखिम बढेको छ ।

तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, सिन्धुलीको मरिनखोला, मकवानपुरको सिलिंगे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका ससाना नदी खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागले पर्सीसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन यसअघि नै आग्रह गरिसकेको छ । आज प्रदेश–१, प्रदेश–२, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७