क्रियाशील सदस्यताले कांग्रेसका विवाद, देउवाले बोलाए शीर्ष नेताको बैठक


१७ असार २०७८, बिहीबार
Congress Padadhikari meeting

काठमाडौं, १७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज (बिहीबार) शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । पार्टी सभापति शेरबहादु देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । आज दिउँसो बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । तर, कांग्रेस अझै क्रियाशील सदस्यतामै अल्झिरहेको छ । क्रियाशील सदस्यताको विषयमा तीव्र विवाद देखिएको छ ।

क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्य वितरणमा मनोमानी भएको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७