रुख ढलेर तार छिनाएपछि सिङ्गो सर्लाहीमा विजुली अवरुद्ध


१७ असार २०७८, बिहीबार
electricty

सर्लाही, १७ असार । सर्लाहीमा गए रातिदेखि नै विद्युत अवरुद्ध छ । रौतहटको पौराइ जंगलमा रुख ढलेर बिजुलीको तार चुडिँदा जिल्लाभर रातिदेखि नै बिजुली अवरुद्ध भएको प्राधिकरण सर्लाहीले जनाएको छ ।

रुख ढल्दा चन्द्रनिगाहपुरबाट सर्लाहीतर्फ ल्याइएको ३३ केभीको मुख्य प्रशारण लाइन नै अवरुद्ध भएको विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले जानकारी दिएका छन् । ढलेको रुख तारमा बजारिँदा बिजुलीको तार नै छिनेको छ । छिनेको तार गाँसेर विद्युत सुचारु गर्ने प्रयास भइरहेको श्रेष्ठले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७