प्रधानन्यायाधीशको प्रश्न : देउवाको हकमा दलको पनि समर्थन छ, यो कसरी गल्ती भयो ?


१७ असार २०७८, बिहीबार
Cholendra Shamsher

काठमाडौं, १७ असार । प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमाथि आज (बिहीबार) विपक्षीका तर्फबाट बहस चलिरहेको छ । अहिले निवर्तमान महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् ।

खरेलले संविधानको धारा ७६ (५) लाई अन्य धारासँग जोडेर बहस गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रश्न गरेका छन्, ‘संविधानका सबै धारा उपधारा स्वतन्त्र छन् । उपधारा ५ स्वतन्त्र हो भने अनि अरु धारासँग जोडेर पृथक तरिकाले व्याख्या गर्न मिल्छ ?’
राणाले उपधारा ५ मा दलको र स्वतन्त्र समर्थन गरेर सरकार बन्न सक्ने भन्ने कुरा आएको छ यसलाई प्रष्ट पार्नुहोस् ? भन्दै अर्को प्रश्न गरेका छन् ।

‘उपस्थितिलाई कसरी हेर्ने भन्ने कुरा पनि आएको छ । देउवाको हकमा हेर्दा माओवादी र कांग्रेसको समर्थन पनि छ अरु दलको पनि कसरी गल्ती भयो ?’, उनको तेस्रो प्रश्न थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७