टिकटकले बन्द गरिदियो बालबालिकाका ७३ लाख एकाउन्ट


१७ असार २०७८, बिहीबार
Child with tiktok

काठमाडौं, १७ असार । १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो ।

ट्विटरको नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता खोल्न पाउँदछन् । यो भिडियो प्लाटर्फम त्यसैले किशोर किशोरीहरुको बीचमा पनि निकै लोकप्रिय रहँदै आएको छ । तर उमेर ढाँटेर बालबालिकाको नाममा खोलिएको त्यस्ता सन्दिग्ध एकाउन्टहरु टिकटकले बन्द गरिदिएको हो । कटकले पहिलो पटक आफ्नो सामुदायिक निर्देशिका कार्यान्वयन प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो । प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्नका लागि कम उमेरका प्रयोगकर्ताको विस्तृत विवरण सहयोगी बन्ने टिकटकले जनाएको छ ।

टिकटकको रिपोर्ट अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटक एपको नियम उल्लंघन गरेका ६ करोड १९ लाख ५१ हजार ३२७ वटा भिडियो हटाइएको छ, जुन कूल अपलोड हुने भिडियो भन्दा एक प्रतिशतभन्दा पनि कम हो । तीमध्ये ८२ प्रतिशत भिडियोहरु अपलोड हुने बित्तिकै अर्थात् अरु कसैले पनि नहेर्दै हटाइएको हो । त्यस्तै ९१ प्रतिशत त्यस्ता भिडियो कुनै पनि प्रयोगकर्ताले रिपोर्ट नगर्दै तथा ९३ प्रतिशत पोष्ट भएको २४ घण्टाभित्र हटाइएको हो ।

त्यस्तै यस अवधिमा १९ लाख २१ हजार ९०० वटा विज्ञापनहरु विज्ञापन नीति तथा निर्देशिका उल्लंघन गरेको भन्दै अस्विकार गरेको हो । रिपोर्ट अनुसार टिकटकको निर्देशिका तथा प्रयोगका शर्त उल्लंघन गरेका कारण खारेज गरिएका कुल एकाउन्टको संख्या १ एक करोड ११ लाख ४९ हजार ५१४ रहेको छ ।

१३ वर्षभन्दा माथिका व्यक्तिले टिकटकमा खाता खोल्न पाउने भए पनि १६ वर्षसम्मका किशोरावस्थाका प्रयोगकर्ताको सुरक्षाका लागि टिकटकले विभिन्न उपाय अपनाउँदै आएको जनाएको छ । त्यसमा प्राइभेट मेसेज तथा लाइभ स्ट्रिमिङ फिचर उपलब्ध हुँदैन । त्यस्तै १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको एकाउन्ट स्वतः प्राइभेट बन्दछ, जुन फिचर गत जनवरीमा ल्याइएको हो ।

टिकटकको सुरक्षा तथा विश्वास विभागका प्रमुख कोम्यार्क किनान भन्छन् – बालबालिकाको सुरक्षाका लागि हामीले चालेका कदमहरुका विषयमा अधिकतम दृश्यता ल्याउन यो रिपोर्टमा हामीले कम उमेरका एकाउन्टहरु हटाइएको छ । टिकटकलाई १३ वर्ष र सोभन्दा माथिका मात्र प्रयोगकर्ताको प्लाटर्फम बनाउने प्रयत्नलाई मजबुत बनाउनका लागि हामीले नयाँ प्रविधिहरुको प्रयोग गर्दछौँ जसले प्रयोगकर्ताको उमेर सम्बन्धी चुनौतीको सामना गर्न सहयोग गर्नेछ ।

किशोरावस्थाका प्रयोगकर्तामा निकै लोकप्रिय रहेको भएपनि कम उमेरका बालबालिका प्रयोगकर्ताको संख्या टिकटकमा बढिरहेको विषय चिन्ताको विषय बनिरहेको छ । गत वर्ष न्युयोर्क टाइम्सले सार्वज्निक गरेको तथ्यांक अनुसार अमेरिकी टिकटक प्रयोगकर्तामध्ये एक तिहाइ प्रयोगकर्ता १४ वर्ष र सोभन्दा कम उमेरका रहेका छन् । त्ष्पतयप द्यययm नामक पुस्तकका लेखेका क्रिस स्टोकेल वाल्करका अनुसार टिकटक तथा यस्तै खालका अन्य सोसल मिडियाहरुको एउटा प्रमुख चुनौतीचाहिँ यसका प्रयोगकर्ताहरुको उमेर प्रमाणित गर्नु बनेको छ ।

सोसल मिडियाहरुमा खाता खोल्ने क्रममा नियम बमोजिमको उमेर पुर्‍याउनका लागि सानो उमेरका प्रयोगकर्ताले पनि आफ्नो वास्तविकभन्दा बढी उमेर बनाउनका लागि नक्कली उमेर राख्न सक्दछन् । प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने अर्को उपाय छैन ।

तर टिकटकसँग सर्वाधिक उन्नत कम्प्युटर भिजन प्रविधि रहेकोले यसले बालबालिका प्रयोगकर्ता यकिन रुपमा पत्ता लगाउन सक्ने सम्भावना हुने वाल्कर बताउँछन् । तर यस्तो प्रविधि प्रयोग गर्नका लागि टिकटकले थुप्रै अनुमतिहरु लिनुपर्दछ, जुन प्रयोगकर्ताका लागि असहज हुन सक्दछ ।

स्मरण रहोस् बेलायत र युरोपेली युनियनमा बालबालिका प्रयोगकर्ताका डाटा संकलन गरेको आरोपमा टिकटकमाथि हाले मुद्दा हालिएको छ । तर दशौँ लाख प्रयोगकर्ताको तर्फबाट हालिएको उक्त मुद्दाको कुनै तुक नरहेको र आफू त्यसविरुद्ध लड्ने टिकटकले जनाएको छ । गत जनवरीमा इटालीमा एक १० वर्षीया बालिकाले टिकटकमा भाइरल च्यालेन्ज गर्ने क्रममा मृत्यु भएसँगै इटालीले कम उमेरका प्रयोगकर्ताका एकाउन्ट बन्द गरिदिन आदेश दिएको थियो । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७